स्याङजामा पहिरोले ट्रक पुर्यो
काठमाण्डौ, ०४ सेप्टेम्बर , १९ भाद्र / सिद्धार्थ राजमार्ग अन्तरगत स्याङजाको जगत्रदेवी गाविस वडा न ७ वटुवामा गएको पहिरोले एउटा ट्रक पुरेको छ। पहिरोले लु १ ख ४५९० नम्बरको मालबाहक ट्रक पुरेको हो।
पहिरोबाट ट्रकलाई निकाल्ने प्रयास भैरहेको छ। पहिरोकै कारण राजमार्ग अबरुद्ध भएको छ।
बाँकी ››
सबै हेर्नुहोस् ››
धमिला आकृतिलाई सम्झिरहन्छु
लैनसिंह वाङ्देलले सन् २००२ मा यस भौतिक संसारबाट बिदा लिए । तर, उनका कृतिहरूका मूल्य-मान्यता झनै बढ्दैछन् । नेपालका विराट कलाकार वाङ्देलले विश्वका धेरै मुलुक यात्रा गरे । र, ति यात्राका सम्झना उनका विभिन्न पुस्तकमा सुरक्षित छन् । वाङ्देलको "रोमको एउटा फूल प्यारिसको एउटा काँडा" अहिलेसम्मकै चर्चित यात्रा संस्मरण हो । हालै नेपाल आएका बेला अमेरिकादर्पणसंग डा. डिनाले आफ्ना पितालाई यसरी सम्झना गरिन् -
बाँकी ››
सबै हेर्नुहोस् ››
के हुँदैछ कांग्रेसमा ?
बाह्रौ महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेस देशभर स्पष्ट दुइ खेमामा बिभाजित भएको छ । लामो समयसम्म पार्टी नेतृत्व गरेका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि दुबिधामा बसेका कांग्रेस नेता कार्यकर्ताहरु पनि महाधिवेशनको संघारमा दुइ कित्तामा उभिएका छन् । आगामी असोज १ देखि ५ गतेसम्म काठमाडौंमा हुन लागेको बाह्रौं महाधिवेशनमा कार्यबहाक सभाति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवाले सभापतिमा उम्मेदारी दिने घोषणा गरेपछि कांग्रेसका नेता कार्यकर्ताहरु दुइ धु्रवमा उभिएका हुन ।
बाँकी ››
सबै हेर्नुहोस् ››
आन्दोलन र हिंसा जरुरी छैन
अरु कृतिबाट प्रभावित हुनु नराम्रो होइन । तर, पुरै नक्कल गर्नु नराम्रो हो । हामीकहाँ हिन्दीबाट नक्कल गर्ने प्रवृत्ति हुर्केको छ । राजनीतिक, सामाजिक, क्षेत्रमा जस्तै चलचित्रमा पनि छिमेकी मुलुकको प्रभाव बढेको हो । राम्रो कुराको नक्कल गर्नु नराम्रो होइन । हलिउडको नक्कल गर्दै अहिले बलिउड उसैलाई टक्कर दिने अवस्थामा पुगेको छ । अर्कोतिर नेपाली मौलिकता केलाई भन्ने ? परम्परागत संस्कृतिलाई कि आधुनिक संस्कृतिलाई ? नेपाली चलचित्रमा ढाका टोपि, गुन्यु चोलि लगाएको र हलो जोतेको मात्र देखाउनुपर्छ भन्ने म मान्दिन ।
बाँकी ››
सबै हेर्नुहोस् ››
मिस्टर राइटको प्रतीक्षामा सेरेना
टेनिस च्याम्पियन सेरेना विलियम्स अहिले एक्ली बनेकी छन् तथा अर्को प्रेमीको प्रतीक्षामा छिन् । दायाँ खुट्टाको चोटका कारण अहिले युएस ओपनबाट बाहिर रहेकी सेरेनाले गत अपि्रलमा आफ्ना र्यापर तथा कलाकार प्रेमी कमोनसँगको दुई वर्ष लामो सम्बन्धलाई तोडेपछि अर्का मिस्टर राइटको प्रतीक्षा पनि गरिरहेकी छन् । विश्वकी शीर्ष महिला टेनिस खेलाडीको प्रेमी हुनलाई केही सर्त भने मान्नैपर्छ ।
बाँकी ››
सबै हेर्नुहोस् ››
हजारौं एकै चिहान भएको त्यो रात
रातको त्यस्तै १ बजेको हुँदो हो, कसैले ताराबहादुर क्षेत्रीको ढोका ढक्ढकाए । संगैको घरमा बस्ने छिमेकी रहेछन् । गाउँमा क्षेत्री दाई भनेर चिनिने ताराबहादुरले झ्यालबाट हेरे, आँखा पिरो भयो, बरर आँसु पनि बग्यो । उनी ढोका खोल्न तल जानै लागेका थिए । आफैं भूइँमा पछारिए । सास फेर्नै पनि गाह्रो भयो । आफूलाई तलबाट बोलाउनेहरू पनि चिच्याउन थाले, "ऐया आँखा पिरो भयो, पानी...पानी ।" उनीहरूको चिच्याहट र रुवाई विस्तारै मथ्तर हुँदै गयो ।ताराबहादुरले सकिनसकि उठेर गाग्रोको पानीले आँखा भिजाए र केही खाए । बिस्तारै रगत बान्ता पनि गरे । त्यस रात उनीकहाँ बस्न आएका दुइ जना साथी बेहेसीमै ओछ्यान छोडेर भाग्न थाले । उनीहरू पनि मुखबाट रगत बान्ता गर्दैरहेछन् ।
बाँकी ››
सबै हेर्नुहोस् ››
अनेरास्वबियुले आयोजना गरेको तिजको कार्यक्रममा नाच्दै एमाले अध्यक्ष झलनाथ खनाल ।
पुर्ब युवराज्ञी हिमानी दोलखामा ।
पुर्ब युवराज्ञी हिमानी दोलखामा ।
पुर्ब युवराज्ञी हिमानी दोलखामा ।
पुर्ब युवराज्ञी हिमानी दोलखामा ।
फोहर उठाउन छाडेपछि राजधानी दुर्गन्धित बनेको छ।
कवि अरुभन्दा फरक हुन्छ
ति पैसा भएकाहरुले चाँहि आत्मरतिका लागि वा ज्ञान प्राप्त गर्नका लागि या समय कटाउनका लागि होस् जेका लागि भए पनि किताब किन्ने र पढ्ने बानी बसेको छ । त्यसको लागि नयाँनयाँ प्रकाशन संस्थाहरुले पनि प्रयास गरे होलान् । मिडिया हाउसहरुले प्रयास गरेका होलान् । के मान्न पर्छ भने नेपालीमा लेख्ने लेखकको बजार एकदमै सानो छ । जसका कारणले नेपालीमा लेखेर नै जीवन चलाउन सक्ने अबस्था नआउन पनि सक्छ ।
बाँकी ››
सबै हेर्नुहोस् ››
फेरि किन षडयन्त्र ?
नेपाली कांग्रेस र एनेकपा माओवादीको अहंका कारण मुलुकको राजनीति दिन प्रतिदिन जटिल बनेको छ । चारचार पटक प्रधानमन्त्रीमा पराजित हुँदा पनि यी दुवै पार्टीका तर्फाट प्रधानमन्त्रीका उम्मेदवार बनेका नेताहरुले आ-आफ्नो उम्मेदवारी फिर्ता लिएर अबरुद्ध राजनीतिलाई निकास दिनेतर्फ सोच बनाएको देखिँदैन ।तर, नेकपा एमालेको अनुरोधमा एनेकपा माओवादीलेभने
बाँकी ››
सबै हेर्नुहोस् ››
'सिंहदरबारभित्र आर्मी नै आर्मी थिए'
गएको आइतबार । दिनको १ बजेर २५ मिनेट जाँदैछ । हामीलाई एकछिन कुराएर भर्खरै "भात" खाइसकेका डायमन शमशेर रोकि-रोकि आफ्ना विगत हामीसामू उज्याइरहेछन् । "हिजोभन्दा अलि सञ्चो छ अहिले ?" हाम्रो प्रश्न हामीतिरै फ्याँक्छन् उनी, "सञ्चो कहिले पो भाको छ र ? अब सञ्चो हुँदैन पनि, आँखाले पनि राम्ररी देख्न छाडिसक्यो," आफूसामू सजाइरहेको काँचको "एकुरिएम" भित्र तैरिरहेका साना सुनौला माछा हेर्दै गर्दा डायमनका नजर अलि निहुरिए, "म उभिएको, हाँसेको देख्दा ठिकै छजस्तो लाग्ला तर म भित्रभित्रै खिइसकेको छु, कमजोर भइसकेको छु ।" हाम्रा क्यामरामले "क्लिक" गर्नै लाग्दा उनले थपे? "फोटो खिच्ने थाहा पाएको भए म दाह्री काटेर बस्थेँ नि ।"
बाँकी ››
सबै हेर्नुहोस् ››
नाटक नै जिन्दगी
सानु बेलामा नै बुबा बित्नु भएछ । आमाको दोस्रो बिवाह भएपछि यहाँ आईए छ । मैले त्यो कुरा पछि बुझेँ । यतापट्टी भाई बहिनीहरु हुँदै गए । त्यतिबेला परिवार नियोजनको कुरा थिएन । डेढ वर्षा अर्को बच्चा हुने । फेरि डेढ वर्षमा अर्को बच्चा हुने । त्यस्तो अबस्थामा महिलाको केहालत हुन्छ होला ? त्यसमाथि आफ्नो जग्गा जमिन नभएको मानिसको अरुकोमा काम पनि गर्नैपर्ने । त्यसै कारण पनि मेरो बाल्यकाल चाँहि पुरै दुखैमा बित्यो । अलि कति बुझ्ने भएपछि ओहो आफुँसँगैका साथि पढ्न जान्छन् आफ्नो हालत यस्तो छ ।
बाँकी ››
सबै हेर्नुहोस् ››
राष्ट्रिय स्वाधिनताका लागि राजावादीसँग मोर्चा !
दरवारले आफ्नो वर्गीय सीमामा बसेरै भए पनि देशलाई माया गरेको निश्कर्षकाथ माओवादीले राजावादीसंग संयुक्त मोर्चा बनाउने तयारी गरेको छ । बिहीवार भएको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक अन्तर्विरोध ठहरावपूर्ण स्थितिमा रहेका वेला भारतीय हस्तक्षेप बढेकाले देशभक्त र जनतान्त्रिक शक्तिवीचको एकता अनिवार्य भएको मौखिक प्रस्ताव अध्यक्ष पुष्पकमल दाहालले राखेका थिए ।
बाँकी ››
सबै हेर्नुहोस् ››