बुधबार, २०६७ भाद्र २३, 09 September, 2010
आवेदन शुल्कवाटा डेढ करोड भन्दा बढि               एमालेले तटस्थता त्याग्दैन - खनाल               प्रतिभा पलायन रोक्नुपर्छ - राष्ट्रपति               बन्दीलाई फलफुल बितरण गर्ने कार्यक्रम रद्द               जीप दुर्घटनामा परि तेईस जना घाइते              
फिचर
August 05 2010
हजारौं एकै चिहान भएको त्यो रात
रातको त्यस्तै १ बजेको हुँदो हो, कसैले ताराबहादुर क्षेत्रीको ढोका ढक्ढकाए । संगैको घरमा बस्ने छिमेकी रहेछन् । गाउँमा क्षेत्री दाई भनेर चिनिने ताराबहादुरले झ्यालबाट हेरे, आँखा पिरो भयो, बरर आँसु पनि बग्यो । उनी ढोका खोल्न तल जानै लागेका थिए । आफैं भूइँमा पछारिए । सास फेर्नै पनि गाह्रो भयो । आफूलाई तलबाट बोलाउनेहरू पनि चिच्याउन थाले, "ऐया आँखा पिरो भयो, पानी...पानी ।" उनीहरूको चिच्याहट र रुवाई विस्तारै मथ्तर हुँदै गयो ।ताराबहादुरले सकिनसकि उठेर गाग्रोको पानीले आँखा भिजाए र केही खाए । बिस्तारै रगत बान्ता पनि गरे । त्यस रात उनीकहाँ बस्न आएका दुइ जना साथी बेहेसीमै ओछ्यान छोडेर भाग्न थाले । उनीहरू पनि मुखबाट रगत बान्ता गर्दैरहेछन् ।
बाँकी ››
July 21 2010
कहिले होला नेपाल "पूर्ण साक्षर मुलुक" ?
सरकारले ७८ लाख निरक्षरलाई साक्षर बनाउन दुइ वर्षदेघि सुरु गरेको निरक्षरता उन्मूलन अभियानको लक्ष्य अपूरै रहने भएको छ । राजनीतिक परिचालनमा सुस्तता, जनप्रतिनिधिविहीन स्थानीय निकाय र बजेटको अपर्याप्तताले अभियान पूर्ण हुन नसकेको तर्क एकातिर छ भने शिक्षा सरोकारवालाहरूले शिक्षा संयन्त्रकै सक्षमतामा पनि प्रश्न उठाएका छन् । "राष्ट्रिय साक्षरता अभियान" पूर्णरुपमा सफल हुन नसकेतापनि अभियान सुरु भएदेखि हालसम्म करिव ३० लाख निक्षर साक्षर भएको सरकारी अनुमान छ । सरकारी संयन्त्रले यसबारे एकिन तथ्याङ्क समेत पनि प्रकाशमा ल्याउन सकेको छैन ।
बाँकी ››
July 04 2010
भरपर्दो वैकल्पिक उपाय
खानेपानीको समस्या भोग्दै आएका राजधानीवासीका लागि आकासेपानी सङ्कलन प्रविधि उत्तम वैकल्पिक स्रोत बन्न थालेको छ । खानेपानी पाइपलाइनसमेत नभएको इमाडोलकी मिठुदेवी कार्कीको घरमा आकासेपानी सङ्कलन प्रविधिको जडानपछि पिउन बाहेक अन्य कामका लागि आकासेपानीको प्रयोग गरिँदै आएको छ । उहाँको घरमा यो प्रविधि जडान भएको १० वर्षभइसकेको छ ।
बाँकी ››
June 12 2010
दुर्व्यवहारबाट श्रम गर्न बाध्य बालबालिका
चितवनका विवेक नेपाली हाल काठमाडौँको बौद्धस्थित मिचिङ होटलमा काम गर्छन् । बाबुले अर्की श्रीमती ल्याएपछि सौतेनी आमाको व्यवहार सहन नसकी दुइ वर्षघि काठमाडौँ छिरेका १२ वर्षीय विवेकले सो होटलमा भाँडा माझ्ने र सरसफाइको काम गर्दैआएका छन् । उनीसँगै सोही होटलमा अर्का बालक अर्जुन तामाङ पनि काम गर्दैछन् । अर्जुन सानो छँदै क्षयरोगबाट बाबुको मृत्यु भएपछि उनकी आमाले उनलाई छाडेर अर्कै व्यक्तिसँग विवाह गरिन् । सानुबुबासँग बस्दै आएका अर्जुनलाई परिवारका सदस्यले मानसिक र शारीरिक पीडा दिन थालेपछि उनी बहिनीसहित गएको वर्षकाठमाडौँ आएका हुन् ।
बाँकी ››
June 05 2010
ढुङ्गाखानी र क्रसर उद्योगले मानवीय समस्या
बिहान ३ बजेपछि निद्रा लाग्दैन, दिउँसो भएपछि घरमा बसिसक्नु हुँदैन, खेतबारीमा काम गर्न पनि सकिन्न । ललितपुरको दुर्गम गाविस लेले-७ का स्थानीय माइला नगरकोटीको मात्र हैन यस्तो समस्या लेले, बुङ्मति र छम्पी आसपासका छिमेकी गाविसका स्थानीयवासी वर्षौदेखि भोग्न बाध्य छन् ।लेलेस्थित नल्लु खोलामा सञ्चालित अव्यवस्थित ढुङ्गाखानी र क्रसर उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण यो समस्या आएको हो ।
बाँकी ››
May 30 2010
के हो साकेला ?
होँछा र सिकल्यिमाका तीन सन्तान दुइ छोरी तायमा, कियामा र एक छोरा खचिलिपाको जन्म हुन्छ । यिनीहरूको जीवनकालदेखि प्रकृतिका जीवजन्तु चालको अनुकरण र कृषि व्यवसायका विविध कार्यहरूको अनकरण गर्दै अनेक किसिमका सिलीहरूको आविष्कार गर्दै चारी पुज्ने, साकेला नाच्दै पारुहोँ सुम्निमा एवं नाकिहँ र सिक्रिहँमासँग उँभौली वैशाख पूणिर्मा र उँधौली मंसीर पूणिर्मामा रङरी सायकृत (अन्नको सह रहोस् र मनुष्यमा राम्रो होस्) को कामनासहित साकेला नाचिन्छ भन्ने प्रा राईको कथन रहेको छ ।
बाँकी ››
May 18 2010
बालविवाहले निम्त्याएको एचआइभी/एड्स
बिहे गरेको एक वर्षनपुग्दै श्रीमानको मृत्यु भएपछि शान्ताको जीवनमा सङघर्ष र पीडाका दिन सुरु भए । "श्रीमानसंग २० दिनभन्दा बढी सँगै बस्न पाइन, अहिले एक्लो र पीडादायी जीवन बिताउँदैछु," उनले लामो सुस्केरा हाल्दै आफ्नो पीडा सुनाइन् । न श्रीमान् छन्, न घरपरिवार, न माइती, न छोराछोरी । योभन्दा पीडादायी जीवन अरू के होला ? उनले थपिन् ।
बाँकी ››
May 05 2010
चार वर्षदेखि मन्दिरमा ताला
दलित र गैरदलितबीचको विवादले पर्वतको फलेवासमा एक मन्दिरमा चार वर्षदेखि लागेको ताला खुल्न सकेको छैन । दलित बालबालिकालाई मन्दिर प्रवेशमा रोक लगाएको विवादमा बन्द भएको दक्षिण पर्वतको हुवास गाउँ विकास समितिस्थित कालिका प्राविमा रहेको मन्दिर खुल्न नसकेको हो ।
बाँकी ››
April 19 2010
रोकिएको छैन सहिद परिवारको आँसु
जनआन्दोलन २०६२/०६३ मा चन्द्र बयलकोटीको मृत्यु भएदेखि आजसम्म ३७ वर्षीया कल्पना बयलकोटीको आँखा ओभानो छैन । आफ्नो श्रीमानको आन्दोलनका क्रममा मृत्यु भएपछि सहिदपत्नी कल्पनालाई आफ्ना कलिला तीन सन्तानलाई लालनपालन गर्ने र पढाउने जिम्मेवारी काँधमा आएको छ ।
बाँकी ››
April 13 2010
राजनीतिकरुपले निरासाजनक बन्यो २०६६
संविधानसभाको निर्वाचन सफलताका साथ सम्पन्न भएपछि नेपालको राजनीतिले निकास पायो भन्नेहरुका लागि २०६६ साल अप्रत्यासित र अन्यौलको वर्ष बन्यो । यो वर्ष ठूला विवाद र घटनाक्रमहरु राजनीतिक केन्द्रित रह्यो।
बाँकी ››
April 03 2010
सन्त नेताको मजाक सुन्नु भएको छ ?
पत्रकारले भने, 'प्रस्फुटन मासिक किसुनजी ।' त्यसपछि भट्टराईले पुनः सोधे, 'यो कहाँ आउँछ बाबु ?' पत्रकारले तत्काल जवाफ दिए, 'बजारमा ।' त्यसपछि भट्टराईले एकाएक अनुहार रातोपिरो पारे । उनले पत्रकारलाई अपशब्द बोल्दै भने, 'आउँछ बजारमा ? यसलाई यहाँबाट घोक्र्याएर निकाल त । यसले अघिदेखि नचाहिने कुरा सोधिरहेछ ।'
बाँकी ››
March 26 2010
विश्वको सबैभन्दा होचा खगेन्द्र अठार वर्षमा
विश्वको सबैभन्दा होचो नागरिक बाग्लुङका खगेन्द्र थापामगर बुधबारदेखि १८ वर्षमा प्रवेश गरेका छन्
बाँकी ››
March 14 2010
गढीमाईमा बलिको रांगाको मासुबिवा
गढीमाई मेलामा काटिएका राँगा लैजान आएका ठेकेदारलाई अवरोध गर्दे यस क्षेत्रका कतिपय दलीत समूदायले बलीको मासु घर-घर लगेका छन्।
बाँकी ››
Watch Video
Sponsored Link
America darpan add

Gallery
Gallery
तिज विशेष कविताहतितालिका (तीज) को  रात्रीभोज भब्यताकासाथ सम्पन्नलबक टेक्सासमा नेपाली प्रोफेसरलाई बधाई ज्ञापनमिस्टर राइटको प्रतीक्षामा सेरेनाटेक्सासमा शनिबार तिजको कार्यक्रम भब्य रुपमा गरिनेसेप्टेम्वर ४ शनिबार टेक्सासमा तिजको कार्यक्रम, आइतबार इमिग्रेसन सेमिनारसर्वाधिक आर्जन गर्ने महिला खेलाडी'सिंहदरबारभित्र आर्मी नै आर्मी थिए'धमिला आकृतिलाई सम्झिरहन्छुराष्ट्रिय स्वाधिनताका लागि राजावादीसँग मोर्चा !
America Darpan.Com on Facebook
Forex
Forex Details
Currency Unit Buying Selling
U.S. Dollar 170.7171.31
Euro 195.0595.85
Pound Sterling 1108.84109.76
Indian Rupee 100160160.15
Swiss Frank 166.2666.82
Canadian Dollar 171.1671.77
Australian Dollar 166.0266.58
Singapore Dollar 151.5551.99
Japanese Yen 107.577.67
Ringgit 122.1722.35
Baht 12.22.22
Dirham 119.2519.41