अच्यूतप्रसाद पौडेल 'चिन्तन'
नव वर्ष२०६७ को हार्दिक मंगलमय शुभकामना । यस वर्षको सम्वतसरको नाम शोभन हो । शोभा सबैतिर होस् । शुभच्छा समेत । समग्रमा मुलुकको स्थिति सामान्य नै रहने देखिन्छ, यस वर्षपनि । वर्षको आरम्भ बुधबार परेको छ । मुलुकमा बौद्धिक वहस हुन्छ नै । वैशाखमा अधिक मास परेकाले मुलुकको गति निर्धारण गर्ने, संविधान लेखनमा केन्द्रित निखरताभन्दा पनि सबैजसोको मनस्थिति आर्थिक लाभ र व्यपारकेन्द्रीत नै देखिन्छ । संविधान लेखन कार्यमा शिथिलता आउने छ । जेठमा संविधान जारी गर्नुपर्ने हो तर जेठ १ गतेदेखि १३ गतेसम्म दिन राम्रो देखिँदैन । यो समय भनेको "विश्वघस्रपक्ष" हो । यदाकदा हुने १३ दिनको पक्ष परेको छ । अधिका युगहरुमा यस्तो अपशकुन भएको पक्षमा ठूला विसंगति र युद्ध भएका छन् ।
सामान्यतया १३ दिने पक्षमा शुभ काम हुने गर्दैन । संविधान जारी हुने दिन जेठ १४ गतेको पूर्व सन्ध्याहरुमा १३ दिने पक्ष तथा अधिकमासको समय परेकाले सबैलाई मान्य हुने र्सवसम्मत संविधान मुलुकले पाउने देखिँदैन । संविधान आइहाले पनि अति संक्षिप्तर केही समयका लागि मात्र प्रयोग हुने खालको देखिन्छ । ग्रहगति र समयलाई विश्लेषण गर्दा त्यसभन्दा अघि नै मुलुकले थप कुनै उतारचढाव व्यहोर्नुपर्ने देखिन्छ । औंसीका दिन नक्षत्रका अन्त्यमा वर्षआरम्भ हुनाले पनि वर्षरिको मुलुकको राजनैतिक फल सकारात्मक हुने देखिँदैन ।
यस वर्षो राजा मंगल भएकाले मुलुकवासीले इष्र्या, तनाव, वैमनस्यता खेपिरहनुपर्ने देखिन्छ । चोरी, हत्या, हिंसा, दुर्भिक्ष बढ्न सक्छ । आमजनताहरु व्रि्रहको मनस्थितिमा हुन्छन् । जुटाउने भन्दा फुटाउने तत्वहरु हावी भएको हेर्नुपर्छ । राजनैतिक सरगर्मी र उतारचढाव बढ्नेछ । जनताले नेताबाट धोकाको महसुस गर्नेछन् ।
सेना र प्रहरीको काम धेरै बढ्ने छ । अशान्ति र उपद्र सत्ताको लुछाचुडीले गर्दा ठूला अपराधहरु पनि लुक्ने डर बढी हुनेछ । घटना र दुर्घटनाका खबर धेरै हुनेछन् । इमर्जेन्सी र अस्पताल सेवामा बिरामीको संख्या तीव्र बढ्नेछ । औषधीव्यवसायीका लागि यस वर्षराम्रो फलीफाप हुनेछ । मुलुकले नयाँ द्वन्द्वको सामना गर्नुपर्नेछ, जनताले राजनीतिबाट वितृष्णा प्राप्त गर्नेछन् र पछुतोमा पनि पर्नेछन् ।
आम नागरिकहरुले विगतमा झैं दुःख, पीडा, दुर्घटना व्यहारर्ने पर्ने देखिन्छ । थोरै प्राप्तिमा चित्त बुझाई गरिबीको पीडाले ग्रस्त मानसिकतालाई बोकेर आम नेपालीहरुको पाखापखेटी पीडित भई नै रहने योग देखिएको छ, वर्षभरि नै ।
मुलुकमा मन्त्री बुध हुन् । व्यापार, व्यवसायमा मुलुकमा केही हदसम्म रोजगारी वृद्धि हुने, आर्थिक मन्दीबाट केही राहत हुने, अन्नको उत्पादनले र पर्याप्त वर्षा हुनाले राज्यले नीति राम्रो तय गरेमा पेटकै लागि भने आमनागरिकले समस्या झेल्नु नपर्ने विश्वास गर्न सकिन्छ ।
राशीगत दृष्टिले हेर्दा ग्रहका न्यायाधिश ग्रह शनि, कन्या, राशीमा भ्रमण गर्नेछन् वर्षरि नै । कन्या, राशी हुनेका लागि वर्षरि मध्ये साढेसाती हुने र तुला राशीलाई आधा साढे साती अनि सिंह राशीका लागि अन्त साढे साती दशा चल्नेछ । मिथुन, कुम्भलाई अढैया शनिले आफ्नो प्रभाव जमाउने छ ।
जन्म राशिमा शनि अनिष्ठ कारक भए यी सबै ग्रहराशीका मानिसले अनावश्यक दुःख, कष्ट, हैरानी, विवाद, कलह, अशान्ति, पारिवारिक समस्या, धन हानी शरीर विसञ्चो, कार्यक्षेत्र नकारात्मकजस्ता समस्याहरु झेलिरहनुपर्ने देखिन्छ । काममा ढिलासुस्ती, मानसिक पीडा र दर्द, धनको नोक्सानी, मानसम्मानमा आघात, झुट्टाआरोप, मिथ्या अपवाद खेप्नुपर्ने देखिन्छ । आफ्नो जन्मकुण्डलीमा शनिदेव हटेर जानेछन्, आत्तिनुपर्ने अवस्था आउँदैन पनि ।
शनिकै कारण मुलुक यस वर्षयुद्ध, न्यायकर्म, कुकर्मतिर अग्रसर हुने देखिन्छ । द्वन्द्व व्यवस्थापनका जटिलताहरु थपिनेछन् । वृहस्पतिको राम्रो प्रभावका कारण अवस्था भने राम्रै देखिन्छ । मुलुकमा खराब भएकाले सीमाना विवाद कायमै रहन्छ ।
राजा मंगलकै कारण ठूला व्यक्तिहरुले विवादमा मुछिनुपर्ने देखिन्छ भने एकताको पनि कमिनै देखिन्छ । धर्मविरोधी नाराहरु मुलुकमा घन्कन थाल्नेछन् । शुक्रग्रहणका कारण मनोरञ्जनको वृद्धि, नृत्य, कला, संगीत, नाचगान, सुगन्धितवस्तुको उपयोग बढी हुने देखिन्छ । धातुको मूल्य भने बढ्नेछ । सुनदेखि फलामसम्मका वस्तु र धातुजन्य वस्तुको महंगी हुनेछ । वैदेशिक सम्बन्ध सुधार हुन यस वर्षकठिन छ । वैदेशिक व्यापारमा गत वर्षरुमा झैं शिथिलता आउनेछ । निर्यात व्यापारमा थप ह्रास आउनेछ । प्रशासन र गैरराजनैतिक व्यक्तित्वहरुले राम्रो सुझाव पेश गर्न सके मुलुक थप संकटबाट बच्न सक्छ ।
विपरित वुद्धि र बौद्धिक जमातको अपव्यय हुँदै आएको समयमा मन्त्री बुध रहेको यस वर्ष२०६७ मा बौद्धिक जमातले मुलुकलाई त्राण दिन सक्ने अपेक्षा गरिएको छ । राजा मंगल भएकाले नारा र हुलहुज्जत बढ्ने देखिए पनि मन्त्री बुधले यसको सन्तुलन मिलाउने आशा पनि गर्न सकिन्छ ।
हाम्रो मुलुकमा जेठमासले निकै चुनौती दिएको इतिहास छ । जनमत संग्रहको घोषणदेखि राजसंस्थाको विदाइसम्म र दरवार हत्याकाण्डसम्मले यो महिना चर्चित छ । धेरैजसो स्थानीय निर्वाचन पनि जेठतिरै हुने गर्थे,पहिले । यसपटक ऐतिहासिक संविधानसभाको संविधान घोषाणा हुनेथियो ।
अपशकुन १३ दिने पक्षको संयोगमात्र नहुन सक्छ । मुलुकबाट चौतर्फी निराशा समेत हुने संकेत देखिएको छ ।
र अत्यमा स्वदेश र विदेश जहाँ बसेका भए पनि आमनेपालीहरुको घरआँगनमा सुख, समृद्धि र समुन्नतिको शुभकामना । ग्रहगतिका कारण जेजस्तो भए पनि मुलुकवासीले सकारात्मक सोचले आर्थिक समुन्नति गर्न सकौं सबैमा शुभकामना ।
(ज्यो. पं. अच्यूतप्रसाद पौडेल 'चिन्तन',वरिष्ठ लोखक, संस्कृतिविद् एवं समाजशास्त्री हुनुहुन्छ । पूर्वीय दर्शनका विशिष्ट विद्वानसंग अमेरिका दर्पणसंग कुराकानीमा आधारित )