बुधबार, २०६७ भाद्र २३, 09 September, 2010
आवेदन शुल्कवाटा डेढ करोड भन्दा बढि               एमालेले तटस्थता त्याग्दैन - खनाल               प्रतिभा पलायन रोक्नुपर्छ - राष्ट्रपति               बन्दीलाई फलफुल बितरण गर्ने कार्यक्रम रद्द               जीप दुर्घटनामा परि तेईस जना घाइते              
साहित्य
गधीसँग सुडानी भेडामालिकको रतिक्रिया
June 05 2010
Share |

 देवेन्द्र भट्टराई

 

अलिक पर्तिर एउटा सानो गोठजस्तो थियो, पिँजडाजस्तै लाग्ने । मालिकबाट संकेत पाएपछि दामरिनले त्यो गधीलाई त्यही पिँजडा-गोठमा हाल्ने रहेछन् । अनि खानपिन र अरू ललाइफकाइका स्याहार गर्ने काम पनि उनैले गर्ने रहेछन् 

 

यो साउदी रोड हो । यसरी फिरङ्गी बनेर कता हिँडिरहेका छौँ, हामीलाई नै पत्तो छैन । खाडी मुलुकका माकुरे बाटाहरूबारे सिपालु चालक रेवत पौडेल साथमा छन् । एउटा पिकअप भ्यान छ । ५० डिग्रीबाट उकालो छ गर्मी । एसीबिनाको गाडीमा मरुभूमिको यात्रा, त्यो पनि एकाबिहानै खर्बुजा खाएर सुरु भयो 

 

प्रतिव्यक्ति आयका आधारमा विश्वको तेस्रो सम्पन्न मुलुक कतारभित्र भेटिने अर्कै जगतको दृश्यचित्र हो यो । मरुभूमिको बालुवामाथि उभिएका पाल, टेन्ट र टहराहरूमा फेला पर्ने नेपाली अनुहारको कथाव्यथा बिल्कुलै भिन्न छ । यता सदरमुकाम दोहामा "भिसा" र "टावर"को कुरा भैरहेको भए पनि उता मरुभूमिमा भने बाख्राको दूध सुकेको, उँट ब्याउन लागेको र चर्को घामका कारण पाल्तु परेवा मरेको खबर मात्रै भेट्न सकिन्छ 

 

"बिल्डिङ-कन्स्ट्रक्सनको काम भनेर आइयो, यता त बाख्री कम्पनी पो रहेछ," बलदिया क्याम्पको आडैमा भेटिएका मोरङ, नेतरियाका शेषनारायण चौधरीले सुनाउन सुरु गरे । ५ सय रियाल तनाखामा १४ महिनाअघि यहाँ आएका उनका साथी रहेछन्- मोरङकै शिवचलु चौधरी । \'मन त थिएन नि, के गर्ने जंगलमा परियो," एसीबिनाको तातो टेन्टमा छिर्दै शिवचलुले थपे 

 

बाहिर तातो हावा चलिरहेको छ । चौधरी बन्धुको टेन्टमा पस्दा पनि हपहपी हुन्छ । एकछिन्को बातचितपछि फेरि पिकअप भ्यानतिर लाग्यौँ, मरुभूमिका अरू भेठीगोठ पहिल्याउन । कतारको फोहोर थुपारिने यो ठाउँमा कताकति आफ्नै पहाडी वस्तीझैँ लाग्ने बालुवाको ढिस्को पनि देखिने रहेछ । तर, बालुवाबाट उब्जेको हपहपी, तातै हावा र माथिको चर्को घाम सम्झनासाथ आफ्नोपनका सबै गुणहरू ह्वात्तै मरेर गैहाल्थे 

 

एकनासको हावाले बालुवाका ढिस्कामाझ कोरिएका बाटाहरू पुरिएका हुन्थे । अनुमानका भरमा मरुभूमिमा फिरन्ता बनिरहेका बेला चालक रेवत र अरू यात्रुहरू एउटै जिज्ञासा निकालिरहेका हुन्थे- "यो बाटो कहाँ जाने होला ?"

 

मरुभूमिमाझ हिँडिरहेका भेटिए, स्याङ्जा अरुणचौपारीका भीमबहादुर परियार, जो भर्खरै गाउँ पुगेर यता फिरेका थिए । आफू दोहामा काम गर्ने भए पनि आफ्नो कान्छो बाबुको छोरो रेशमलाई घरपरिवारको खबर सुनाउन उनी शुक्रबारे छुट्टीमा बलदिया क्याम्प आएका रहेछन् । "चिन्ता नलिनू, घरपरिवारमा राम्रै छ । दसैँअघि पैसो पठाउनू भनेका छन्", उनले भाइलाई सुनाउने खबरको सारसंक्षेप सुनाए । कस्तो अनुभव भयो भने कुनै दुर्गम वस्तीमा बस्ने माइतीलाई भेट्न धेरै टाढाबाट आफन्त यहाँ आएका छन् । ती माइती रेशम भने मालिकको भेडा ओसार्ने भ्यानका ड्राइभर रहेछन् । उनीहरूबीच भलाकुसारी भैरहेका बेला हामी फेरि अघि बढ्यौँ 

 

पर्तिर भेट भए, गतिलो ज्यानका सिराहा, कान्छीबजारका महम्मद बेचन । ५० वटा बाख्राका गोठाला बनेर एउटा बालुवाको डाँडोमा ती बसेका रहेछन् । "मेरो भाइ मोहम्मद आकुव सनैयामा बस्छ, एउटा छोरो अलताव आलम पनि यतै छ," मिजासिला बेचनले भने- "यो जंगलमा बसिएको छ । तैपनि "सोइ" (राम्रै छ) !"रमाइलो के भने उनको एउटा छोराको नाम भने सद्दाम हुसेन रहेछ जो मोरङ क्याम्पसमा विद्यार्थी रहेछ । "अरे बाफ रे, त्यो इराकको सद्दाम होइन नि !", तिनले गतिलो ढाप मार्दै थपे 

 

यो मरुभूमिमा अब भेडीगोठबाहेक केही देखिनै छाडे । पर्तिर पोखराका खिमबहादुर क्षेत्री, कपिलवस्तुका चन्द्रशेखर केवठ, पोखराका पूर्णबहादुर गुरुङ, बाग्लुङका शिव केसी, संखुवासभाका धनबहादुर राई, प्यूठानका कृष्णबहादुर धामी, प्यूठानकै खिमबहादुर विश्वकर्मा, संखुवासभाका रामचन्द्र राई, रूपन्देहीका पञ्चराम थारू, रूपन्देहीका मोहम्मद आलम, रूपन्देहीकै मोहम्मद सलिमुद्दिन, महोत्तरीका शम्भु शाह सुदी, गुल्मीका रामु दर्जीसहितका नेपालीको जत्था भेटियो । शुक्रबारे छुट्टीमा कोही अलिक हुनेखाने क्याम्पमा "एसी"मा बस्न आएका थिए भने कोही हिन्दी फिल्म हेर्न र चिसो पानी खान भेला भएका थिए । समावेसी नेपालको ज्यूँदोजाग्दो तस्बिर त्यहाँ थियो । हिन्दू, मुस्लिम, बुद्धिस्ट, बाहुन, क्षेत्री, कामी, दमाई, पहाडी, मधेसी सबैसबै एउटै कित्लीको चिया पिइरहेका थिए । कोही कार्पेन्टर बनेर यता आएका थिए । कोही पेन्टर त कोही मेसिनमा आएका थिए । सबैजसोको भाग्य र कर्म भने भेडीगोठमै गएर ठोक्किएको थियो 

 

गोठमा गुल्मेली रामु दर्जी बाख्री दुहुँदै थिए । रूपन्देहीका पञ्चराम दिनभरको मरुभूमि-चरनपछि गोठ फिरेका ३५ उँटलाई दानापानी गर्ने सुरमा थिए । स्याङ्जाली पूर्णबहादुरले अरबी मालिकले किनेर राखेको फलफूलको चाङ नै हाम्रा सामु राखिदिए, र मरुभूमिमा भने-अतिथिदेवो भवः । चालक रेवत, सहकर्मी शशी, सहयात्रु मदन थापा, प्रवीण पौडेल, राम खड्गीसहितले मरुभूमिमा अतिथि हुनुको स्वाद राम्ररी बटुल्यौँ 

 

स्याङ्जाली पूर्णबहादुरको दैनिकी भने गजबकै रहेछ । उनी एकजना बंगाली साथीसँग त्यो मरुभूमिमा बस्दा रहेछन् । साथमा केही भेडाबाख्रा र उँट पनि रहेछन् । ती जन्तुको हेरदेख बंगाली गोठालोले गरे पनि आफ्नो जिम्मेवारी भने अझ मुस्किलको रहेछ । अरबी मालिकले बनाएको एसी, क्याबिन र तातो-चिसो पानीयुक्त विशेष तम्बुमा भने ताल्चा मारिएको थियो । ती तम्बुमा अरबी मालिकका छोरा साताको तीन-चार दिन आउने रहेछन् । ती छोरा शोभा भट्टराईले लेखेको "अन्त्यहीन अन्त्य" उपन्यासका नायकझैँ रहेछन्, जो आफ्नो कालो शिशायुक्त गाडीमा तीनचार मुस्तन्डे अरबी युवक र एशियाली मूलका जस्ता युवतीसमेत लिएर आउने रहेछन् । त्यसपछि सबै प्रकारका मोजमस्ती गराउन लगाएर उनी भने सोफामा बसेर हेर्दा रहेछन् । अनि पूर्णबहादुर भने मालिकले परबाट कराएर अर्डर गरेअनुसार कहिले खसीको टाउको फ्रइ त, कहिले अंगुर र केरा फलफूल सेवामा पुर्याउँदा रहेछन् । त्यही कारण उनी बस्ने तम्बुमा पनि एउटा फ्रिज थियो जहाँ फलफूल र माछामासु कोच्नुसम्म कोचिएको थियो 

 

"बरु मरुभूमिमा गएर उँट वा बाख्रा हेर्नु नै जाती हो,"पूर्णबहादुरको कष्टकर अनुभव थियो- "भित्र शानदार कोठामा उनीहरू आनन्दले कराएको सुनिन्छ, म भने यता मासु काट्दै हुन्छु अथवा फलफूल पखाल्दै हुन्छु । यो भोगाइ बढो कष्टकर छ सर !"

 

यसरी मरुभूमिको तातोमा अर्को तातो खनिएझैँ अनुभव भयो । बाटो लाग्यौँ, उम-बबको अर्को कुनातिर । त्यो कुनोमा एक सुडानी भेडामालिक भेटिए । आकारप्रकारमा ती कुनै किंबदन्तीका भीमकाय खलपात्रझैँ लाग्थे । त्यही तम्बुमा रहेछन्, गुल्मेली एक युवक दामरिन बिक । उनी बाख्रा दुहुने काम गर्दै थिए । सयभन्दा बढी बाख्राको ताँतीपर्तिर एउटा कालो गधा थियो, चिल्लोचाप्लो । "सर यो गधा होइन, गधी हो," दामरिनले सुनाए- "हाम्रो मालिकलाई यसले हप्तामा एक/दुईपटक साथ दिन्छ ।"

 

ओहो ! कुरा बुझिनसक्नुको थियो । अलिक पर्तिर एउटा सानो गोठजस्तो थियो, पिँजडाजस्तै लाग्ने । मालिकबाट संकेत पाएपछि दामरिनले त्यो गधीलाई त्यही पिँजडा-गोठमा हाल्ने रहेछन् । अनि खानपिन र अरू ललाइफकाइका स्याहार गर्ने काम पनि उनैले गर्ने रहेछन् । त्यसपछि अगाडि-पछाडिका खुट्टा चलाउनै नमिल्ने अवस्थाको गधीसँग सुडानी मालिकले रतिक्रिया गर्ने रहेछन् । यो विवरण सुनाइरहेका बेला दामरिन न उत्साहित थिए, न खुल्नै सकेका थिए । तैपनि उनले आफ्नो लेखान्त र दैनिकीमा जोडिएको कहानी सुनाइछाडे 

 

दोहा फिर्नै लागेका थियौँ । महोत्तरी, किसननगर-३ का ४५ वर्षीय शम्भु शाह सुदीले आफ्नो "खेमा"(तम्बु) मा लगेरै छाडे । खेमाको कुनोमा राखेको एउटा पुरानो ब्यागबाट उनले केही कागजात निकाले । फोटोको एल्बम निकाले । म्यानपावरको ठगीदेखि गाउँले ऋणपानको फेहरिस्त लामो थियो । त्योभन्दा ठूलो चोट के थियो भने उनकी ७५ वर्षीया आमा लालुदेवीको गएको फागुनमा मृत्यु भएछ । उनले आमा मरेको खबर सात दिनपछि मात्रै पाएछन् । तैपनि मालिकले घर फिर्न दिएको रहेनछ । यो कुरा सुनाइरहेका बेला ती बूढा मान्छे गहिरो चोट निकाल्दै रोइरहेका थिए । तिनको रुवाइको घुँक्कघुँक्क आवाज धेरै बेरसम्म, धेरै टाढासम्म मरुभूमिको तातो हावामा मिसिँदै आइरहेजस्तो अनुभव भयो । फेरि दोहा फिर्दा पनि बालुवाको रासले अघिका बाटाहरू छोपिएका थिए । सबैको मनमा जिज्ञासा थियो- "यो बाटो कहाँ जाने होला ?"

 

(पत्रकार भट्टराईको प्रकाशोन्मुख पुस्तक "रेगिस्तान डायरी" को एक अंश)

 

 


 

तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
*पूरा नाम
*ठेगाना
*ईमेल ठेगाना
*प्रतिक्रिया:
*क्याप्चा
Verification Image
अरु समाचारहरु
Watch Video
Sponsored Link
America darpan add

Gallery
Gallery
तिज विशेष कविताहतितालिका (तीज) को  रात्रीभोज भब्यताकासाथ सम्पन्नलबक टेक्सासमा नेपाली प्रोफेसरलाई बधाई ज्ञापनमिस्टर राइटको प्रतीक्षामा सेरेनाटेक्सासमा शनिबार तिजको कार्यक्रम भब्य रुपमा गरिनेसेप्टेम्वर ४ शनिबार टेक्सासमा तिजको कार्यक्रम, आइतबार इमिग्रेसन सेमिनारसर्वाधिक आर्जन गर्ने महिला खेलाडी'सिंहदरबारभित्र आर्मी नै आर्मी थिए'धमिला आकृतिलाई सम्झिरहन्छुराष्ट्रिय स्वाधिनताका लागि राजावादीसँग मोर्चा !
America Darpan.Com on Facebook
Forex
Forex Details
Currency Unit Buying Selling
U.S. Dollar 170.7171.31
Euro 195.0595.85
Pound Sterling 1108.84109.76
Indian Rupee 100160160.15
Swiss Frank 166.2666.82
Canadian Dollar 171.1671.77
Australian Dollar 166.0266.58
Singapore Dollar 151.5551.99
Japanese Yen 107.577.67
Ringgit 122.1722.35
Baht 12.22.22
Dirham 119.2519.41