बुधबार, २०६७ भाद्र २३, 09 September, 2010
आवेदन शुल्कवाटा डेढ करोड भन्दा बढि               एमालेले तटस्थता त्याग्दैन - खनाल               प्रतिभा पलायन रोक्नुपर्छ - राष्ट्रपति               बन्दीलाई फलफुल बितरण गर्ने कार्यक्रम रद्द               जीप दुर्घटनामा परि तेईस जना घाइते              
फिचर
ढुङ्गाखानी र क्रसर उद्योगले मानवीय समस्या
June 05 2010
Share |


सीबी अधिकारी

 

बिहान बजेपछि निद्रा लाग्दैन, दिउँसो भएपछि घरमा बसिसक्नु हुँदैन, खेतबारीमा काम गर्न पनि सकिन्न ललितपुरको दुर्गम गाविस लेले- का स्थानीय माइला नगरकोटीको मात्र हैन यस्तो समस्या लेले, बुङ्मति छम्पी आसपासका छिमेकी गाविसका स्थानीयवासी वर्षौदेखि भोग्न बाध्य छन् ।लेलेस्थित नल्लु खोलामा सञ्चालित अव्यवस्थित ढुङ्गाखानी क्रसर उद्योगबाट निस्कने धुवाँ धुलोका कारण यो समस्या आएको हो

 

बीस वर्षदेखि सञ्चालित ढुङ्गाखानी वर्षयता फस्टाएको क्रसर उद्योगले ती क्षेत्रमा मानवीय वातावरणीय जीवनमा प्रत्यक्ष असर पारेको

 

"साहु ठेकेदारले करोडौं कमाइसके, हामी हजारौंमा छौं, बिहान बजेदेखि निन्द्रा लाग्दैन, उद्योगबाट निस्कने हावाले दिउँसो भएपछि धुँवा धुलोले आँखा देख्न सकिन्न, हाम्रो जीवनमाथि भइरहेको खेलवाडको कसले मतलब गर्ने" - स्थानीय माइला नगरकोटीले भन्नुभयो

     

बिहान देखि बजेसम्म क्रसर उद्योग बिहान बजेदेखि राति बजेसम्म ट्रिपर चल्ने गरेको उहाँ बताउनुहुन्छ क्रसरको धुलोले खोलालाई मिच्नुको साथै छेउ किनारका खेती बस्तीलाई प्रत्यक्ष असर पुगेको लामाको भनाइ

 

लेले- कालिटार निवासी कृष्णबहादुर ढुङ्गाना पनि अव्यवस्थित ढुङ्गाखानी क्रसर उद्योगले मानव जीवन वातावरणमा नकारात्मक असर परिरहेको बताउँदै अगाडि थप्नुहुन्छ- "धारो पानी छैन, काठमाडौँ जत्तिकै समस्या भइसक्यो, दुइ वर्षदेखि पानी नपरेको दिनहुँ बढ्दै गइरहेको ढुङ्गाखानी, क्रसर उद्योगले गर्दा यहाँ पानीको स्रोत सुक्न गई हाहाकार भएको ।"

 

ढुङ्गाखानीले पानीको मुहान भताभुङ्ग पारेको, खानीवालाले बेवास्ता गरी वनक्षेत्रमा अतिक्रमण भएको धुवाँ धुलोले छाती दमसम्बन्धी रोग बढेको उहाँले बताउनुभयो

 

क्रसर उद्योगबाट निस्किएको धुवाँ धुलोका कारण सिंगो टिकाभैरव क्षेत्र, सिखरपाकाका २५० कालिटारका सय घरधुरीलाई प्रत्यक्ष असर गरेको

 

यहाँका बासिन्दालाई २०३८ सालमा नल्लु खोलामा आएको भिषण बाढीको घटनाले बारम्बार सताइरहन्छ, भन्छन- त्यो बेला यो खोला वारपार ढाक्नेगरी पानी थियो अहिले क्रसर उद्योगबाट निक्लिएको धुलो खोलामा हालिदिनाले पुरै खोलो रोकिएर बर्खाको समयमा भलबाढी आउँदा सताउने हो की भन्ने डर

 

ती क्षेत्रमा खेती गर्न सोही खोलाको पानी प्रयोग गरिनुपर्ने भएकाले खेती गर्न पनि समस्या छम्पी, बुङमतिमा पाँगो माटोसहितको पानी खेतमा बसेपछि मलिलो माटो पुरिएर बालीनाली उत्पादनमा कमी आउने गरेको

 

दैनिक सयभन्दा बढी ट्रिपरले करिब १० लाख राजस्व बुझाउने गरेका छन्, तर सो क्षेत्रको सडकको अवस्था बेग्लै , अहिलेसम्म कालोपत्रे हुन नसकेको स्थानीयको गुनासो

 

बीस वर्षदेखि सञ्चालित ढुङ्गाखानी वर्षता सक्रिय रूपमा फस्टाएको क्रसर उद्योगले मानवीय वातावरणीय जीवनमा पार्ने असरका बारेमा पटकपटक समस्या उठाउने गरे पनि सुनुवाइ भएको छैन राजनीतिक दलहरू -आफ्नै स्वार्थमा केन्द्रीत भएकाले गुनासो सुनाउन पनि मन नलाग्ने स्थानियवासिन्दा बताउँछन्

 

ढुङ्गाखानीले गर्दा स्थानीय बासुकी सामुदायिक वनमा बारम्बार पहिरो जाने गरेकाले सिंगो वन क्षेत्रनै मरुभूमि पहाडमा परिणत हुने अवस्थामा ।टिकाभैरवस्थित नल्लु खोलामा करिब ५० वटा क्रसर उद्योग सञ्चालित छन् भने त्यत्तिकै संख्यामा ट्रिपर चल्ने गर्छन् जहाँबाट अरनिको राजमार्ग अन्तर्गत कोटेश्वरदेखि भक्तपुर सूर्य विनायकसम्म निर्माणाधीन सडकमा ७५ प्रतिशत निर्माण सामाग्री ढुवानी हुन्छ

तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
*पूरा नाम
*ठेगाना
*ईमेल ठेगाना
*प्रतिक्रिया:
*क्याप्चा
Verification Image
अरु समाचारहरु
Watch Video
Sponsored Link
America darpan add

Gallery
Gallery
तिज विशेष कविताहतितालिका (तीज) को  रात्रीभोज भब्यताकासाथ सम्पन्नलबक टेक्सासमा नेपाली प्रोफेसरलाई बधाई ज्ञापनमिस्टर राइटको प्रतीक्षामा सेरेनाटेक्सासमा शनिबार तिजको कार्यक्रम भब्य रुपमा गरिनेसेप्टेम्वर ४ शनिबार टेक्सासमा तिजको कार्यक्रम, आइतबार इमिग्रेसन सेमिनारसर्वाधिक आर्जन गर्ने महिला खेलाडी'सिंहदरबारभित्र आर्मी नै आर्मी थिए'धमिला आकृतिलाई सम्झिरहन्छुराष्ट्रिय स्वाधिनताका लागि राजावादीसँग मोर्चा !
America Darpan.Com on Facebook
Forex
Forex Details
Currency Unit Buying Selling
U.S. Dollar 170.7171.31
Euro 195.0595.85
Pound Sterling 1108.84109.76
Indian Rupee 100160160.15
Swiss Frank 166.2666.82
Canadian Dollar 171.1671.77
Australian Dollar 166.0266.58
Singapore Dollar 151.5551.99
Japanese Yen 107.577.67
Ringgit 122.1722.35
Baht 12.22.22
Dirham 119.2519.41