शनिबार, २०६७ भाद्र १९, 05 September, 2010
स्याङजामा पहिरोले ट्रक पुर्यो               बुटवलका नौ जना बिरामिमा हैजाको जीवाणु               इन्जिनियरिङ कलेजहरुमा भर्ना गर्न               शव जलाईएको अवस्थामा भेटियो               सातौ चरणमा एमाले तटस्थ बस्दैन - ओली              
विचार
प्रवासी नेपाली संगठनको अन्तर्राष्ट्रिय ऐक्यबद्धता
June 09 2010
Share |

अनिल पाण्डे

 

करिव तीन करोड नेपालीको जनसंख्यामा कम्तीमा १० प्रतिशत नेपाली मुलुकबाहिर रहेको अनुमान छ । यो प्रतिशत तेस्रो मुलुकको मात्र हो । खुला सिमानामा रहेको छिमेकी भारत जसलाई दोस्रो मुलुक भन्ने गरिन्छ त्यहाँ गएका नेपालीको संख्या थप्ने हो भने यो प्रतिशत १५-२० तिर पुग्छ । मुलुक छोडेर विदेशमा रोजगारी र अध्ययनका लागि जाने नेपालीको तथ्यांक ठीक-ठीक रुपमा उपलब्ध गराउने आधिकारिक निकायको अभावमा यति नै नेपाली फलानो मुलुकमा छन् भन्नसक्ने अवस्था छैन । कामदार तथा विद्यार्थी बनेर नेपाल छोड्ने नागरिकहरुको संख्या सर्वाधिक छ । त्यसमध्ये ठूलो परिमाणको समूह गैरआवासीय नेपालीका रुपमा विदेशमा बसोबास गरिरहेको छ । विदेशमा रहेका नेपालीहरु विभिन्न संगठनमा आबद्ध भएर आफ्नो हक-हितका लागि प्रयासरत छन् । गैरआवासीय नेपालीका संगठनहरुलाई छाता ओढाउने काम फेडेरेसनु हरुले गरेका छन् । जस्तो अमेरिकामा रहेका नेपाली संस्थाहरुका लागि एएनए छाता संगठनका रुपमा सकिरय छ । यस्ता छाता संगठनहरुले नै एनआरएनएलाई बलियो बनाउने गर्दछन् ।

 

एनआरएनएका सम्बन्धमा सबैलाई खासगरी नेपालबाहिर बसोबास गर्ने तमाम सचेत नागरिकलाई राम्रोसँग जानकारी छ । एनआरएनएप्रति जानकारी राख्ने प्रवासी नेपाली आज विश्वका पचासौं मुलुकमा उल्लेख्य संख्यामा रहेका छन् । मलेसिया इण्डोनेसिया खाडीमुलुक दक्षिण कोरियाआदिमा पनि नेपालीको लाम देखिन्छ तर यी मुलुकमा अधिकांशतः रोजगारीका लागि नै जाने र कमाएर फर्किने प्रवृत्ति अधिक छ । यस्ता नेपालीले एनआरएनएका सम्बन्धमा त्यति रुचि नलिए पनि विदेशमै बसोवास गर्ने मनस्थितिका व्यक्तिका लागि यो ठूलो आधारको स्रोत हुन पुगेको छ । कोरियामा समेत १० हजारभन्दा बढी नेपालीको डायस्पोरा तयार भएको अवस्थामा यसप्रतिको चासो भने दिन-प्रतिदिन बढिरहेको छ भन्न गारो छैन । भन्न के खोजिएको हो भने नेपालबाहिर पनि अब ठूलो नेपालले जन्म लिइसकेको छ । त्यसको समृद्धि र सुरक्षाका लागि सोच्न बलियो निकायको आवश्यकता प्रष्ट देखिएको छ । यस आवश्यकताको परिपूर्तिका लागि एनआरएनएले जे-जति गर्दैछ त्यो स्वागतयोग्य छ- तर त्यतिले मात्र पुगेको छैन ।

 

नेपालीको बाक्लो उपस्थिति देखिने हरेक मुलुकमा एनआरएनएका प्रतिनिधि संस्था खुल्नु आजको आवश्यकता भएको छ । यसै आवश्यकतालाई महसुस गर्दै संयुक्त राज्य अमेरिकामा रहेका नेपालीले काम पनि थालिसकेका छन् । यसले हालै मात्र प्रकाशित गरेको विज्ञप्तिमा आगामी जुलाई ४ मा सम्मेलन गर्ने घोषणा गर्दै भनेको छ- अमेरिकामा रहेका गैरआवासीय नेपालीलाई उनीहरुको चाहना र आवश्यकता पूर्ति गर्ने तथा समृद्धिका लागि संगठित गर्ने उद्देश्यले एनआरएन अमेरिकाको तदर्थ समिति गठन भएको छ । एनआरएन अमेरिकाको उद्देश्य कार्यक्रम र कार्यनीति पारित गर्ने र नयाँ कार्यसमितिको चयन गर्ने यस सम्मेलनमा अमेरिकामा रहेका सम्पूर्ण गैरआवासीय नेपालीको सहभागिता रहने पनि सो विज्ञप्तिले खुलासा गरेको छ ।

 

 

एनआरएनए अमेरिका गठनका लागि हालै मात्र अमेरिकामा स्थापित नेपाली संस्थाहरुको एक मात्र प्रभावशाली छाता संगठन एएनए को पहलमा एक तदर्थ समिति गठन भएको र त्यहाँ रहेका गैरआवासीय नेपालीलाई लक्ष्य गरेर उनीहरुको संरक्षण सुरक्षा र विकासका लागि आफ्नो क्षेत्रबाट क्षमताको अन्तिम विन्दुसम्म पुगेर निरन्तर योगदान दिंदै आएको एएनएले नै एनआरएनए अमेरिका गठनका लागि पहल गर्नु यसको नैतिक जिम्मेबारी तथा अधिकार पनि रहेको जानकारी गराइएको छ । एएनएले आफ्नो स्थापनाकालबाट नै अमेरिकामा रहेका गैरआवासीय नेपालीका साथ सहकार्य र सहयोग गर्दै विभिन्न परियोजना अघि बढाउँदै आएको छ ।

 

एनआरएनए अमेरिका तदर्थ समितिको विज्ञप्तिमा भनिएको छ हामी एनआरएनए अमेरिकाका लागि सकिरय हुन चाहने सम्पूर्ण संस्था तथा व्यक्तिहरुको उच्च मूल्यांकन गर्दै उहाँहरुको लोकतान्त्रिक अधिकारको सम्मान गर्दछौं । उहाँहरुलाई आफ्नो अधिकारको प्रयोग गर्न एनआरएनए अमेरिकाको प्रथम सम्मेलनमा सरिक हुन हार्दिक आह्वान गर्दछौं । तदर्थ समितिले अमेरिकास्थित एनआरएनए अमेरिकाको ध्येय सम्पूर्ण नेपाली र नेपाली मूलका व्यक्तिलाई उनीहरुको उच्चतम हितका लागि संगठित गर्नु सहकार्य गर्दै अघि बढ्नु र उनीहरुको प्रतिनिधित्व गराउनु रहेको जानकारी गराएको छ । उसले अमेरिकास्थित गैरआवासीय नेपालीको संगठन एनआरएनए अमेरिकालाई प्रारम्भदेखि नै सबल सक्षम र उद्देश्यमा अडिग रहन उचित वातावरण तयार पारिदिनका लागि सबैमा आह्वान पनि गरेको छ । म्यासाचुसेट्स साउदर्न क्यालिफोर्निया वासिंगटन डि.सी., फ्लोरिडा न्यूजर्स टेक्सस नर्दन क्यालिफोर्निया सियाटल वासिंगटन जर्जिया मेरिल्याण्ड र न्यूयोर्कका लागि संयोजक तोकेर गठन गरिएको ११ सदस्यीय तदर्थ समिति भव्य सम्मेलनको तयारीमा जुटेको छ ।

 

एनआरएनए अमेरिकालाई सक्षम र उदाहरणीय बनाउनका लागि डिल्लीराज पौडेल बाल्टिमोर सँग लेखक निकै सहमत छ । विरोधका लागि भन्दा डायस्पोरा को समर्थनका लागि काम गर्नु र एनआरएनए अमेरिकाका बारेमा जानकारी आदान-प्रदान गर्नु आजको आवश्यकता हो भन्ने उहाँको सुझाब स्वागतयोग्य छ । एनआरएनए अमेरिकाले विगतका गतिविधि संस्था गठन गर्नुको उद्देश्य भावी कार्य योजना र अन्तर्राष्ट्रिय ऐक्यवद्धताका पक्षमा ध्यान दिनु भने अनिवार्य छ । नयाँ एनआरएनए अमेरिकाको आवश्यकता र विमतिका विषयहरु पहिचान गरेर लोकतान्त्रिक तरिकाले डायस्पोरा लाई सम्झाउने हो भने एकताबद्ध भएर सबै नेपाली सहयोग गर्न तत्पर हुनेछन् ।

आज प्रवासमा पुगेका नेपालीको प्रथम अभीष्ट भनेको दोहोरो नागरिकता प्राप्ति रहेको छ । कसैलाई पनि आफ्नो मात्रृभूमि नेपालबाट नाता तोड्न ईच्छा छैन । नेपालीहरु केबल अवसरको खोजीमा मात्र विदेश पुगेका हुन् । यसका लागि एनआरएनए अमेरिकाले कसरी आन्दोलन गर्छ र अभियान चलाउँछ सबैको रुचि यसमै केन्द्रित छ । नागरिकताको सट्टा परिचयपत्र दिने र त्यो प्रदान गर्न पनि नागरिकता ऐन २०६४ ले बाधा पुर्याउने जुन विडम्बनापूर्ण अवस्थाको चित्रण पौडेलले गर्नुभएको छ त्यो मार्मिक छ ।

 

गत २९ मेमा सम्पन्न टेलिकन्फरेन्सले पनि एनआरएनए अमेरिकाले के गर्दैछ भन्ने सन्दर्भमा केही प्रकाश पारेको छ । सजीव एवं लोकतान्त्रिक संगठनमा विवाद र विमति स्वाभाविक पक्षहरु हुन् तर विखण्डन कसैको चाहना हुन सक्तैन । हामी खण्डीत भएर अघि बढ्न सक्तैनौं । नेपालबाहिर २५-३० लाखको परिमाणमा रहेका नेपाली र उनीहरुले गठन गरेका संस्थालाई समृद्ध र सफल बनाउन ऐक्यबद्धता आजको आवश्यकता बनेको छ । यसलाई सबैले मनन गर्नैपर्छ ।

 


 

 


 

Comments
Posted By: limbu
Jun 10, 2010
nrn world nepalese is are nothing these are all
some political only yar nepal gov. are never give a daul-citizen you know what nepalese leader are
very badly and gov.make alot of rupaiya so nepals gov. are not care me too idont care all mf radio yar...
Posted By: gahiri khet
Jun 27, 2010
Anilji
If you are trying to be a professional writer (columnist)you better start posting a professional photo rather than Facebook look alike model posing ones - unless it is your personal blog.
Posted By: .C>P.Dahal
Aug 04, 2010
Dual citizenship for NRN is the reciprocal necessity of Nepalese Gov.and NRN self.NRN`s knowledge,technology and capital should be used for the best upliftment of Nepal`s overall plight and destiny.
तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
*पूरा नाम
*ठेगाना
*ईमेल ठेगाना
*प्रतिक्रिया:
*क्याप्चा
Verification Image
अरु समाचारहरु
Watch Video
Sponsored Link
America darpan add

Gallery
Gallery
मिस्टर राइटको प्रतीक्षामा सेरेनाटेक्सासमा शनिबार तिजको कार्यक्रम भब्य रुपमा गरिनेसेप्टेम्वर ४ शनिबार टेक्सासमा तिजको कार्यक्रम, आइतबार इमिग्रेसन सेमिनारसर्वाधिक आर्जन गर्ने महिला खेलाडी'सिंहदरबारभित्र आर्मी नै आर्मी थिए'धमिला आकृतिलाई सम्झिरहन्छुराष्ट्रिय स्वाधिनताका लागि राजावादीसँग मोर्चा !किन फेस-बुकमा फस्दैछन् वयस्क हरु ?के हुँदैछ कांग्रेसमा ?आन्दोलन र हिंसा जरुरी छैन
America Darpan.Com on Facebook
Forex
Forex Details
Currency Unit Buying Selling
U.S. Dollar 170.7171.31
Euro 195.0595.85
Pound Sterling 1108.84109.76
Indian Rupee 100160160.15
Swiss Frank 166.2666.82
Canadian Dollar 171.1671.77
Australian Dollar 166.0266.58
Singapore Dollar 151.5551.99
Japanese Yen 107.577.67
Ringgit 122.1722.35
Baht 12.22.22
Dirham 119.2519.41