बुधबार, २०६७ भाद्र २३, 09 September, 2010
आवेदन शुल्कवाटा डेढ करोड भन्दा बढि               एमालेले तटस्थता त्याग्दैन - खनाल               प्रतिभा पलायन रोक्नुपर्छ - राष्ट्रपति               बन्दीलाई फलफुल बितरण गर्ने कार्यक्रम रद्द               जीप दुर्घटनामा परि तेईस जना घाइते              
फिचर
दुर्व्यवहारबाट श्रम गर्न बाध्य बालबालिका
June 12 2010
Share |

शर्मिला ठकुरी

 

चितवनका विवेक नेपाली हाल काठमाडौँको बौद्धस्थित मिचिङ होटलमा काम गर्छन् बाबुले अर्की श्रीमती ल्याएपछि सौतेनी आमाको व्यवहार सहन नसकी दुइ वर्षघि काठमाडौँ छिरेका १२ वर्षीय विवेकले सो होटलमा भाँडा माझ्ने सरसफाइको काम गर्दैआएका छन्

 

उनीसँगै सोही होटलमा अर्का बालक अर्जुन तामाङ पनि काम गर्दैछन् अर्जुन सानो छँदै क्षयरोगबाट बाबुको मृत्यु भएपछि उनकी आमाले उनलाई छाडेर अर्कै व्यक्तिसँग विवाह गरिन् सानुबुबासँग बस्दै आएका अर्जुनलाई परिवारका सदस्यले मानसिक शारीरिक पीडा दिन थालेपछि उनी बहिनीसहित गएको वर्षकाठमाडौँ आएका हुन् उनकी बहिनी पनि त्यही होटलमा काम गर्छिन्

 

अर्जुन विवेकजस्तै पारिवारिक दुर्व्यवहार सहन नसकी घरबाट निस्कनुपर्ने बाध्यतामा परेका बालबालिका नेपालमा धेरै छन् घरमा राम्रो वातावरण हुनुपर्ने मान्यता बहुसङ्ख्यक बालबालिकाका निम्ति दुस्वप्न भइरहेको

      

पाँचथरका १३ वर्षीय राजन सुनुवार पनि यस्तै बालश्रमिक हुन् उनले भक्तपुरको इंट्टाभट्टामा काम गर्न थालेको एक वर्ष भयो सानै छँदा बुबाको मृत्यु भएपछि टुहुरा भएका उनी बिरामी आमाको उपचारका लागि खर्च जुटाउन काठमाडौ छिरेका थिए अहिले उनको काँधमा आमाको उपचारसँगै घरको जिम्मेवारी समेत आएको

 

उनी त्यहाँ काम गरेर कमाएको पैसा घर पठाउँछन्, बिरामी आमाको उपचारका लागि उनी भन्छन्- पहिले साहूले काम दिन मानिरहेका थिएनन्, मैले आफ्नो सबै दुःख सुनाएपछि साहूले काम दिन माने  

 

अर्जुन तामाङ भन्छन्- "मेरो यहाँ कोही थिएन, बाह्रबिसेबाट काठमाडौँ आउने गाडीमा चढेँ, खलासीले पैसा माग्छ भन्ने डरले छतमा चढेर आएँ काठमाडौँमा केही दिन सडकमै बिताएँ बौद्धकी आनी छोई लामाले काम गर्र्छौ भने तिमीलाई काममा लगाइदिन्छु भन्नुभयो, मैले पनि खाना नखाएको तीन दिन भइसकेकाले काम गर्नका लागि राजी भएँ ।"

 

अर्जुनजस्तै अन्य बालबालिका पनि काठमाडौँ छिरेपछि यस्तै सहयोगीको खोजीमा हुन्छन् राजधानीमा उनीहरूका आफन्त कोही हुँदैनन् तर काम गरेर बस्नुपर्ने बाध्यता पनि त्यसैले उनीहरू कामका लागि सहरका विभिन्न स्थानमा भौँतारिरहन्छन् जस्तोसुकै जोखिमपूर्ण काम गर्न पनि बाध्य हुन्छन् बेसहारा बालबालिकाका लागि यो नियति बाध्यता नै बनेको

 

बालबालिकासँग सहर बजारमा काम गर्नका लागि त्यस्तो खास कुनै सीप हुँदैन त्यसैले उनीहरूलाई होटलमा भाँडा माझने, टेबुल पुछ्ने कामबाहेक अर्को विकल्प छैन यस्ता कामका लागि उनीहरूले मासिक एकहजार रुपैयाँसम्म तलब थाप्छन् यी बालबालिका सरकारले बेलाबेलामा भन्ने गरेकोजस्तो औपचारिक एवम् निःशुल्क शिक्षाबाट निकै टाढा छन्

 

तामाङ  उनका साथी पात्रमात्र हुन्, काठमाडौँका अधिकांश होटलमा बालश्रम शोषण अत्यधिक मात्रामा रहेको पाइन्छ अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को पछिल्लो प्रतिवेदनअनुसार नेपालमा हाल बालश्रमिकको सङ्ख्या करिब २६ लाख रहेको

      

यसैगरी गलैंचा तथा विभिन्न उद्योगमा काम गर्ने बालबालिकामध्ये काठमाडौंमा मात्र १४ हजार छन् भने सहर बजारका विभिन्न घरमा घरेलु कामदारका रूपमा काम गर्ने बालबालिकाको सङ्ख्या ५५ हजार रहेको

 

तर घरेलु कामदार भई काम गर्ने बालबालिकाको सङ्ख्या काठमाडौँमा मात्र करिब एक हजार पाँचसय रहेको बताइन्छ नेपालमा सबैभन्दा बढी बालश्रमिक पूर्वकमैयाका बालबच्चा रहेका छन्

 

बालअधिकार सरोकार केन्द्र (सिविन) नेपालका कार्यक्रम सञ्चालक तारक धितालका अनुसार नेपालको कानुनमा १४ वर्षमुनिका बालबालिकालाई गह्रौँ काम लगाउन नपाइने व्यवस्था तर यहाँका बालबालिकाले दैनिक १४ देखि १६ घण्टासम्म अत्यन्त जोखिमपूर्ण काम गर्नुपर्दा पनि सम्बन्धित पक्षको ध्यान जान सकिरहेको छैन  

 

उहाँ काठमाडौँका प्रत्येक पाँच घरमध्ये एक घरमा घरेलु श्रमिकका रूपमा काम लगाइरहेको जानकारी दिँदै जहाँ श्रम त्यहाँ बालश्रमको शोषण भइरहेको भन्नुहुन्छ

 

सरकार एवम् नेताहरूले बालअधिकारलाई भाषणमा सीमित नगरी र्सार्थक कार्यको थालनी गर्नु आजको प्रमुख आवश्यकता रहेको देखिन्छ

तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
*पूरा नाम
*ठेगाना
*ईमेल ठेगाना
*प्रतिक्रिया:
*क्याप्चा
Verification Image
अरु समाचारहरु
Watch Video
Sponsored Link
America darpan add

Gallery
Gallery
तिज विशेष कविताहतितालिका (तीज) को  रात्रीभोज भब्यताकासाथ सम्पन्नलबक टेक्सासमा नेपाली प्रोफेसरलाई बधाई ज्ञापनमिस्टर राइटको प्रतीक्षामा सेरेनाटेक्सासमा शनिबार तिजको कार्यक्रम भब्य रुपमा गरिनेसेप्टेम्वर ४ शनिबार टेक्सासमा तिजको कार्यक्रम, आइतबार इमिग्रेसन सेमिनारसर्वाधिक आर्जन गर्ने महिला खेलाडी'सिंहदरबारभित्र आर्मी नै आर्मी थिए'धमिला आकृतिलाई सम्झिरहन्छुराष्ट्रिय स्वाधिनताका लागि राजावादीसँग मोर्चा !
America Darpan.Com on Facebook
Forex
Forex Details
Currency Unit Buying Selling
U.S. Dollar 170.7171.31
Euro 195.0595.85
Pound Sterling 1108.84109.76
Indian Rupee 100160160.15
Swiss Frank 166.2666.82
Canadian Dollar 171.1671.77
Australian Dollar 166.0266.58
Singapore Dollar 151.5551.99
Japanese Yen 107.577.67
Ringgit 122.1722.35
Baht 12.22.22
Dirham 119.2519.41