बुधबार, २०६७ भाद्र २३, 09 September, 2010
आवेदन शुल्कवाटा डेढ करोड भन्दा बढि               एमालेले तटस्थता त्याग्दैन - खनाल               प्रतिभा पलायन रोक्नुपर्छ - राष्ट्रपति               बन्दीलाई फलफुल बितरण गर्ने कार्यक्रम रद्द               जीप दुर्घटनामा परि तेईस जना घाइते              
साहित्य
म त कवितानै लेख्न जन्मेकी हुँ जस्तो लाग्छ - लीला
July 02 2010
Share |

चार कक्षा पढ्दा पहिलो पटक कविता लेखेर प्रथम भएकिहुन् लीला अनमोल २७ वर्षको उमेरमा आइ पुग्दा नेपाली कवीहरुको सबै भन्दा ठूलो मानिने राष्ट्रिय कविता महोत्सवमा समेत उनि प्रथम भएकि छन् प्रथम भएपछि अमेरिकादर्पणकोलागि नारायणी देवकोटाले अनमोलसंग गरेको अन्तरंग कुरा कानी यहाँ प्रस्तुत गरिएको छ ।

 

कुन बेला कविता लेख्नु हुन्छ ?

 

आफूलाई अनुभुति फुरेका बेलामा लेख्ने हो

 

अहिले सम्म कविता भनेको महिलाको सुन्दरताको वर्णन गर्ने,क्रान्तिलाई उर्जाहुने खालको, प्रकृतिका सुन्दरताको वर्णन गरिएको हुन्छ तर महिलाको सुन्दरको वर्णन गर्दा किन पुरुषको सुन्दरताको वर्णन नगरिएको होला ?

 

लोग्ने मान्छेहरु सुन्दर हुन्छन् तर कस्तो हुन्छ भने मैले लोग्नेमानिसको सुन्दता उनिहरुको बौद्धिकतामा देख्छु सबैको सुन्दरता शरिरमा भन्दा मनमा हुन्छ, त्यसैले पनि मनको सुन्दरता खोज्छु तर पनि अनुहारको सुन्दरताको बारेमा पनि हामीले लेख्न सक्छौ मेरो दुइ वटै किताब हुर्नु भयो भने पुरुषको सुन्दरताको विषयमा वर्णन गरिएको पुरुषको प्रशंसा गरेर होस् पुरुषलाई फकाएका भाव भएका हुन् अब छिट्टै मेरो अर्को कविता संग्रह आउँदै त्यो किताबमा पनि पुरुष मनोविज्ञानका बारेमा लेखिएका कविता प्रसस्त हुनेछन्

 

पुरुषको बारेमा लेख्नका लागि अहिले सम्मको नेपाली समाज सक्षम कि छैन ?

 

अहिलेको अबस्था भन्दा पनि दुइ चार वर्षअगाडी सम्म नेपाली समाजले पुरुषका बारेमा लेख्ने वातावरण बनाएको थिएन अब तपाईले तपाईको घरमा मलाई यो केटा मन पर्यो, योसँग विबाह गर्छु भन्ने अबस्था विकास भएको हो त्यतिसम्म भन्न सक्ने अबस्था भए पछि, मन पर्दैमा विबाह गर्नै पर्छ ,प्रेम गर्नै पर्छ भन्ने छैन कुनै राम्रो चिजको वयान गर्नका लागि उसँग नजिक नै हुनुपर्छ भन्ने छैननि बाटामा हिड्दै गर्दा मलाई कोहि लोग्ने मान्छे मन पर्यो, सह्रै मन पर्यो त्यसका विषयमा लेख्ने कि नलेख्ने ? मन पर्दैमा उसँग नजिक हुनुपर्छ, रिलेसन बढाउनु पर्छ भन्ने होईन सुन्दरताको अर्थ पहिला बुझ्न पर्यो अनि लेख्न जसरी पनि सकिन्छ

 

कविता नभएको भए के हुन्थ्यो होला ?

 

सायद सुन्यहुन्थें होला मेरो अर्थ हुदैन थियो होला जस्तो लाग्छ मलाई कवितानै लेख्न जन्मेकी हुँ जस्तो लाग्छ मेरा हातहरु कविता नै लेख्न बनेका हुन् जस्तो लाग्छ

 

घरमा तपाईको छोरो पनि , छोरा कवितामा तुलाना गर्नुहुन्छ कि गर्नुहुन्न ?

 

पक्कै हुन्छ गर्भवती भएको बेलामा जुन फिलिंगस् हुन्छ ,ममत्वको त्यो अवस्थामा लेखिएका कविताहरुले अझ धेरै सफलता पाउँछ वास्तविकता पाउँछ कल्पना गरेर लेखेका भन्दा ति उत्कृष्ट पनि हुन्छन् त्यो सुन्दापनि टप्प मनलाई छुन्छ त्यस्तो अवस्थामा लेखिएका मेरा कथा निवन्ध कविताहरु छन् उमेरको तह तहमा लेखिएका , विशेष बेलामा लेखिएका मेरा रचना प्रसस्त छन्

 

के कविताले दुनियाँ बदल्ने हिम्मत राख्छ ?

 

किन नराख्ने ! राख्छ नि कविता मात्र होईन साहित्यले समाजमा रहेका विकृति विसंगति सुन्दरताहरुलाई समाजका अगाडी ल्याएर देखाउँछ यस्तो है अवस्था भनेर देखाउँछ अं यसरी काम गर्नु पर्छ भन्ने वा सामधान खोज्न काम पनि गर्छ    साहित्यसँग मनको भावना, मनको नाता अत्यन्तै नजिक रहेको हुनाले पनि मान्छेले छिट्टै साहित्यलाई समाउँछ त्यो एकदम मुलायम हुन्छ नौनि जस्तो मेरो विचारमा साहित्य समाज एक रथका दुइ पांग्रा हुन भन्ने लाग्छ

 

कविता सँधै परिवर्तका लागि लेखिँदैन नि ?

 

परिवर्तनका लागि मात्र लेखिँदैन तर हामी सचेत श्रृजनाकर्मी भएको हुनाले समाजमा देखिएका सबै विषयमा कलम चलाउनु पर्छ कि आफ्नो लागि मात्र, भावनाका लागि मात्र , भावनामा वहकिनका लागि मात्र, लेख्नका लागि लेख्न होईन यदि हामीले हामीलाई सचेत साहित्यकार भन्ने हो भने सामाजमा भएका राष्ट्रमा भएका विश्वमा भएका सबैकुरा हरुको अध्ययन गर्नु पर्छ त्यसलाई विश्लेषण गरेर आएका निष्कर्षरुलाई लेख्नु भनेको एक सचेत साहित्यकारको काम पनि हो

 

युवा जेनेरेसनको मनपर्ने कवि को हुन् ?

 

कविकै कुरा गर्नु पर्दा मलाई मनुमन्जील जो इटहरीमा बसेर कविता लेख्नु हुन्छ ,अत्यन्तै राम्रा कविता लेख्नु हुन्छ अत्यन्तै राम्रो वाचन शैलि,उहाँबाट अत्यन्तै प्रभावित छु

 

सुरुमा कविता लेख्दा यसको कविता सुनेर कविता लेखेको भन्ने कोहि हुनुहुन्छ ?

 

त्यस्तो छैन बरु यसो चाँहि ,कविता मैले त्यसै लेखेँ किनलेखेँ थाहा छैन कविता लेख्न आयो चार कक्षामा पढ्दा मेरो देश भन्ने कविता लेखेकि थिए के जानेको थियो होला कसरी त्यो भाव मनमा आयो होला जस्तो जे जानेको थिए त्यहि लेखेँ कम्पिटिसन स्कुलमा कविता लेख भने पछि यसै लेखियो पछि त्यसमा मोह बढ्दै गयो सफलता पनि प्राप्त हुँदै गयो स्कुल स्तरीयबाट माथि माथि  गइयो जति पटक भाग लिएँ, त्यसमा असफलता बेहोर्न पनि परेन त्यसले गर्दा थप प्रेरणा पनि हुँदै गयो जति ठूलो भइदै गइयो बौद्धिकता पनि बढ्दै गयो जस्तो लाग्छ अध्ययनशिल भइयो, अध्ययन गरियो पढाइ पनि अगाडी बढाइयो बिस्तारै कविता लख्नै पर्ने चिज रहेछ भन्ने लाग्न थाल्यो प्रभावित भन्ने कुरा चाँहि मानिस पछि हुँदोरहे पछि मैले कविता यो हो भन्ने जानेँनि ! कविता यो तरिकाको राम्रो हुनेरहेछ  भन्ने जब मलाई महसुस भयो त्यस पछि मात्र प्रेरित भएँ चाँहि पहिला कसैको प्रेरणाले लेखिएको होइन लेख्दै गएपछि प्रेरणा चाहि भूपि बाट पाएँ जाने पछि , मेरो बौद्धिकता बढे पछि , कविता बुझे पछि अनि यस्तो पो लेख्न पर्ने रहेछ भन्ने लागेको भूपिबाट हो मान्छेहरु भन्छन् नि , योबाट सुरुबाट नै प्रभावित भएर लेखेको त्यो मान्दिन पहिला आफैँ लेख्छ जब उसले कविता बुझ्छ नि,अनिमात्र कसैसँग प्रेरित हुन्छ

 

पुनर्लेखन गर्ने गर्नुहुन्छ कि गर्नु हुन्न ?

 

आफूलाई सचेत कवि हुँ भन्छु मं। पहिला एक बसाइमा जस्तो भावना आउँछ त्यसलाई जस्ताको तस्तै उतार्छु कुनै कुरा समाजलाई दिने भनेको त्यसलाई खारेर निखारेर परिष्कृत पारेर त्यसले के सन्देश दिन्छ ? अनि मानिसले सुन्दा जस्ताको तस्तै मानिसले लिन सकुन त्यसलाई मानिसले छाँटकाँट गरेर यो हो यो हेइन भन्न नपरोस् हामीले दिने भनेको त्यस्तो हो कुनै पनि कुरा लेख्छु श्रृजना गर्छु अनि आफैले पढ्छु पढे पछि यो कुरा याहाँ निर मिलेन जस्तो लाग्छ अनि फेरि दोस्रो पटक पढ्छु अनि याहाँ नेर यो कुरा थप्न पर्ने रहेछ भन्ने लाग्छ चार पटक आफै स्रोता हुन्छु आफ्नो कविताको आफ्नो रचनाको मलाई आफ्नो कविताको समिक्षक आफैँ बन्नु पर्छ भन्नेलाग्छ

 

विबाह अगाडीको शारिरक सम्बन्धको विषयमा तपाइको धारणा के छ?

 

विबाह अगाडी यौनको कुरा, देशकाल परिस्थितिसँग जोडिएर आउँछ कुनै पनि देशको रितिरिवाज धर्म कर्म सस्कृति परम्परा अनुसार मानिसका आवश्यकता अधिकारको कुरा आउँछ यौनको विषयमा नेपाल एकदमै पछि परेको विबाह अगाडी यौन सम्बन्ध राख्दैमा स्वतन्त्रता अधिकारको कुरा आउँदैन हाम्रो समाज कस्तो ? हामी कस्तो समाजमा छौं भन्ने पनि हेर्नु पर्छ त्यसले कति सम्म पचाँउँछ यस्तो कुरालाई ? त्यसलाई कसरी बिस्तारै अगाडी बढाउन सकिन्छ ? त्यस्ता मान्यता अगाडी बढाउन सकिन्छ भन्ने कुरा चाँहि सहि हो तथापि दुनियामा चलेको कुरा हो किन नहुने भन्ने कुरामा उनिहरु त्यसमा सिस्टमिक भइसकेका छन् नि ! हामीमा त्यसको विषयमा चेतनाको विकासनै भएको छैन पहिला आफू शिक्षित हुनु पर्यो अनि हाम्रो देश कस्तो संस्कारमा ? कस्तो रितिरिवाजमा ? कस्तो परम्परामा ? पहिला त्यो बुझ्नु पर्यो हाम्रा बा आमाले अझै पनि कोठामा मूर्ती राखेर विहान बेलुका पुजा गर्नुहुन्छ हामी त्यहि संकारका मानिस हौँ नि , हो हामी आधुनिक हौ इमेल इन्टरनेटमा आफ्ना प्रेमि प्रेमिका खोजेर पनि बस्छौं  एउटै कोठामा अर्को पटि्ट बा आमा पुजा गरिरहनु भएको हुन्छ भने ति दुबैलाई अगाडी लिएर जाँदा के त्यो सम्भब ? छैन नि त्यसो भए पहिला बा, आमा हजुरबा, हजुरआमालाई ति कुरा विस्तारै भनेर बानि गर्न पर्यो नि यस्तो हो है दुनिया यस्तो है भनेर भन्न पर्यो नि

 

-साहित्य लेखेर जिविका चलाउन सकिन्छ कि सकिँदैन ? अहिलेको साहित्य विश्वमा कुन स्थानमा ?

 

नेपाली परिपेक्षमा हेर्ने हो भने चाँहि सरकारले पनि साहित्य संचारलाई हेर्नु पर्ने जति हेरेको छैन साहित्य हाम्रो संस्कृति रितिरिवाज, आर्थिक सामाजिक सबैकुरालाई साहित्यले जोडेको हुन्छ कुनै पनि राष्ट्रको मेरुदण्ड हो साहित्य भन्नेलाग्छ मलाई कुनै पनि विषयलाई साहित्यको माध्यमबाट संसार भरि फैलाउन सकिन्छ सरकारले साहित्यलाई कयौं स्टेप पछि छोडेको जबसम्म साहित्यलाई विकास गर्न सरकारले राम्रो कदम चाल्दैन तब सम्म साहित्यलेखेर खान पुग्ने अबस्था छैन एउटा राम्रो साहित्य लेखिएपनि नेपाली बजार सानो त्यसलाई अरु भाषामा ट्रान्सलेट गरेर विश्व वजारमा पुर्याउनेकाम जब सम्म सरकारले गर्न सक्दैन तब सम्म हामीले लेखेर मात्र खान सक्दैनौँ

 

-अहिलेको युवा पुस्ताले विश्व साहित्य नेपाली साहित्यको विचमा रहेको खाडललाई पुला?

 

दश वर्षअगाडी धेरै कुराहरु थाहा हुदैन थियो संचारले अहिले दुनियाँलाई एकै ठाँउमा जोडेको अहिले हाम्रो घरमा नै इमेल इन्टरनेट हातमा मोवाइल बोकेको त्यो मोवाइलबाट विश्वका कुनै पनि देशमा सिधै गफ एसएमएस गर्न सकिन्छ अहिलेको शैक्षिक गतिविधि पनि राम्रो एउटा रिक्सावालाले दिनभर रिक्सा  चलाएर भएपनि छोरा छोरीलाई स्कुल पढाएको अग्रेजी शिक्षा पनि अहिले राम्रो विश्वसम्म साहित्य पुग्ने भनेको अग्रेजी हो जुस्को राम्रो विकास हुदै गएको पछिल्लो पुस्ता बढी अध्ययनशिल पनि हुँदै गएको त्यसले गर्दा दुनियाँमा कहाँ के भैरहेको ? कसले कस्तो किताब लेख्दै भन्ने पनि थाहा हुँदै भन्ने कुरा मा नेपाली युवा हरु सचेत भएका छन् यसले गर्दा छिट्टै नेपाली साहित्य विश्व वजारमा पुग्छ भन्ने मेरो विश्वास

 

अहिले तपाई कुन किताब पढिरहनु भएको ?

 

अहिले पछिल्लो पछक तसलिमा नसरिनको उत्ताल हावालाई नेपालीमा ट्रान्सलेट गरिएको रहेछु, उनको प्रारम्भिकलेखनका बारेमा लेखिएको एक उत्कृष्ट किताब रहेछ त्यहि पढिरहेकी छु

Comments
Posted By: madhu devkota
Jul 14, 2010
thanks. Keep it up.
Posted By: phadindra luitel
Jul 14, 2010
malai yo antarbarta man paryo.nepali sahitya ko bikas ma yesle dhhunga thapchha bhanne malai pura biswas chha.
तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
*पूरा नाम
*ठेगाना
*ईमेल ठेगाना
*प्रतिक्रिया:
*क्याप्चा
Verification Image
अरु समाचारहरु
Watch Video
Sponsored Link
America darpan add

Gallery
Gallery
तिज विशेष कविताहतितालिका (तीज) को  रात्रीभोज भब्यताकासाथ सम्पन्नलबक टेक्सासमा नेपाली प्रोफेसरलाई बधाई ज्ञापनमिस्टर राइटको प्रतीक्षामा सेरेनाटेक्सासमा शनिबार तिजको कार्यक्रम भब्य रुपमा गरिनेसेप्टेम्वर ४ शनिबार टेक्सासमा तिजको कार्यक्रम, आइतबार इमिग्रेसन सेमिनारसर्वाधिक आर्जन गर्ने महिला खेलाडी'सिंहदरबारभित्र आर्मी नै आर्मी थिए'धमिला आकृतिलाई सम्झिरहन्छुराष्ट्रिय स्वाधिनताका लागि राजावादीसँग मोर्चा !
America Darpan.Com on Facebook
Forex
Forex Details
Currency Unit Buying Selling
U.S. Dollar 170.7171.31
Euro 195.0595.85
Pound Sterling 1108.84109.76
Indian Rupee 100160160.15
Swiss Frank 166.2666.82
Canadian Dollar 171.1671.77
Australian Dollar 166.0266.58
Singapore Dollar 151.5551.99
Japanese Yen 107.577.67
Ringgit 122.1722.35
Baht 12.22.22
Dirham 119.2519.41