बुधबार, २०६७ भाद्र २३, 09 September, 2010
आवेदन शुल्कवाटा डेढ करोड भन्दा बढि               एमालेले तटस्थता त्याग्दैन - खनाल               प्रतिभा पलायन रोक्नुपर्छ - राष्ट्रपति               बन्दीलाई फलफुल बितरण गर्ने कार्यक्रम रद्द               जीप दुर्घटनामा परि तेईस जना घाइते              
नेपाल समाचार
एमालेमा फेरी "तेस्रो धार"
July 28 2010
Share |

 

काठमाण्डौ, जुलाई, साउन  / एमाले उच्च नेतृत्वबीच बढ्दै गएको चिसोपनलाई अन्त्य गर्नका लागि केही युवा नेताहरूले "तेस्रो धार" बनाएर पहल लिने तयारी गरिरहेका छन्।

 

नेतृत्वबीचको चिसोपनबाट पार्टी पुरै अस्तव्यस्त हुने अवस्था सृजना भएकाले तेस्रो धार\'का रूपमा उदय भएर मध्यमार्गी बाटोबाट जाने तयारी उनीहरूले गरेका छन्।

 

व्यक्तिको क्षमता अनुसार जिम्मेवारी, उसले गरेको कार्यसम्पादन, त्यसको मूल्याकंनबाट पदोन्नति नगर्ने चलनका कारण गुट, उपगुटको समस्या आएकाले त्यसलाई अन्त्य गरेर जाने निश्कर्षमा उनीहरू पुगेका छन्।

 

प्रधानमन्त्री माधव कुमार नेपालले एमाले अध्यक्ष झलनाथ खनालको प्रधानमन्त्री उम्मेदवार प्रस्ताव लिएपछि थप चिसोपन बढ्दै गएपछि तटस्थ कहिलेसम्म बस्ने विषयमा समेत पार्टीभित्र विवादको विषय बन्दै गएको छ।

 

पार्टी केन्द्रीय कमिटीको निर्णय अनुसार ४ सय १ सभासद्को हस्ताक्षर नपुगेकाले खनालको प्रस्ताव प्रधानमन्त्री नेपालले फिर्ता लिए पनि त्यसले पार्टीभित्र चिसोपन बढाएको छ। त्यसपछि दुई अध्यक्ष र प्रधानमन्त्रीबीच भेटघाट समेत भएको छैन।

 

आगामी १७ गतेको चुनावमा समेत तटस्थ बस्ने धारणा पार्टीमा एकमत छ। तर, त्यो अडान कहिलेसम्म रहने भन्ने विषय अन्यौल बन्दै गएको छ। उच्च नेतृत्वको मतभेदका कारण तत्काल केन्द्रीय कमिटीको बैठक बोलाउने सम्भावना समेत कम हुँदै गएको छ। केन्द्रीय कमिटीको बैठक आव्हान अध्यक्षले गनुपर्छ।

 

दुई दिनअघि खनाल पक्षधरका बुद्धिजीवी परिषदको कार्यक्रममा प्रधानमन्त्रीले प्रस्ताव झिक्नु प्राकृतिक न्याय सिद्धान्त विपरित भएकाले संबैधानिक प्रश्न उठेको भनि समर्थित अधिवक्ता युवराज संग्रौलाले सार्वजनिक धारणा राखेका थिए।

 

त्यसको भोलीपल्ट मंगलबार पार्टीकै कानुन विभागका सदस्य भविश्वर गुरूङ र कुमार शर्मा आचार्य र रमेश प्रसाद खनालले सर्वोच्च अदालतमा खनालको प्रधानमन्त्री उम्मेदवार फिर्ता विरुद्ध रिट दायर गरेका थिए। उक्त रि अध्यक्ष खनाल र उपाध्यक्ष वामदेब गौतम निकटहरूको योजना भएको स्रोतले बताएको छ।

 

"१७ गतेसम्म पार्टीले आफ्नो अडानलाई कायमै रहन्छ। कसैलाई मत दिन्न। त्यसपछि लम्बियो दुर्भाग्य हुनेछ। त्यसबाट पार्टीलाई समेत जोगाउन हामी केही युवाहरुले तयारी गरिरहेका छौं" तेस्रो धार निर्माण तयारी भइरहेको स्विकार्दै केन्द्रीय सदस्य गोकर्ण विष्टले भने।

 

उपाध्यक्ष गौतमले १७ गते अघि पार्टीले कुनै निर्णय नगर्ने बताए। "१७ गतेसम्म पार्टीको केही निर्णय हुँदैन", गौतमले भने। गौतमले ५ गतेको चुनावी प्रक्रियाबाट अध्यक्ष खनालको उम्मेदवारी फिर्तापछि ६ गते आयोजित पत्रकार सम्मेनलअघि पार्टी निर्णयले संबैधानिक समस्या उत्पन्न भएको भनि अनौपचारिक बताएका थिए।

 

ओलीले दुई दिनअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री उम्मेदवार फिर्ता लिन आग्रह गरिसकेका छन्। दाहाल बाहेक अरु जो कोही प्रधानमन्त्री भए स्वीकार्य हुने अभिव्यक्ति ओलीले दिएपछि घुमाउरो ढंगबाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्नुपर्छ भन्ने अर्थ खनाल पक्षले लगाएका छन्।

 

पार्टीमा अहिले १७ गतेपछि आउने अवस्थामा दाहाल वा पौडेललाई समर्थन गर्ने विषयमा पार्टीभित्र विवाद चर्किंदै गएको छ। उपाध्यक्ष विद्या भण्डारीले कांग्रेसलाई समर्थन गर्नुपर्छ भनि धारणा सार्वजनिक गरिसकेकी छन्। संस्थापन पक्ष अहिले आवेग र उत्तेजनामा भएकाले पार्टीले कुनै निर्णय नलिने ओली पक्षले बताएको छ।

 

"पार्टीभित्र अहिले धेरै अस्वस्थ छ। अहिले केही साथीहरु आवेग र उत्तेजनामा छन्। त्यसैले राज गरेको छ। यस्तो बेला निर्ण गदौ सहि निर्णय हुने सम्भावना नभएकाले १७ गतेअघि केही निर्णय हुँदैन" ओली निकट केन्द्रीय सदस्य कर्णबहादुर थापाले भने- "डेमोक्रेटिक गठबन्धन कायम राख्नुपर्छ। प्रचण्डको नेतृत्व स्वीकार्य हुँदैन।"

 

अध्यक्ष पक्षधरले भने माओवादीले शान्ति प्रक्रिया टुंगोमा पुर्याउने, सेना समायोजन, वाईसीएल शिविर भंग गर्ने, कब्जा जग्गा फिर्ता लगायत विषयमा सहमति भए माओवादीको नेतृत्व स्वीकार्ने बताउँदै आएको छ। संविधानले व्यवस्था गरे भन्दामाथि ४ सय १ को प्रावधान राखेर ३ सय ९१ पुग्दा प्रधामन्त्रीले प्रस्ताव फिर्ता लिएपछि पार्टीभित्र अस्वस्थ्य, प्रतिशोधको भावना बढ्दै गएको छ।

 

तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
*पूरा नाम
*ठेगाना
*ईमेल ठेगाना
*प्रतिक्रिया:
*क्याप्चा
Verification Image
अरु समाचारहरु
Watch Video
Sponsored Link
America darpan add

Gallery
Gallery
तिज विशेष कविताहतितालिका (तीज) को  रात्रीभोज भब्यताकासाथ सम्पन्नलबक टेक्सासमा नेपाली प्रोफेसरलाई बधाई ज्ञापनमिस्टर राइटको प्रतीक्षामा सेरेनाटेक्सासमा शनिबार तिजको कार्यक्रम भब्य रुपमा गरिनेसेप्टेम्वर ४ शनिबार टेक्सासमा तिजको कार्यक्रम, आइतबार इमिग्रेसन सेमिनारसर्वाधिक आर्जन गर्ने महिला खेलाडी'सिंहदरबारभित्र आर्मी नै आर्मी थिए'धमिला आकृतिलाई सम्झिरहन्छुराष्ट्रिय स्वाधिनताका लागि राजावादीसँग मोर्चा !
America Darpan.Com on Facebook
Forex
Forex Details
Currency Unit Buying Selling
U.S. Dollar 170.7171.31
Euro 195.0595.85
Pound Sterling 1108.84109.76
Indian Rupee 100160160.15
Swiss Frank 166.2666.82
Canadian Dollar 171.1671.77
Australian Dollar 166.0266.58
Singapore Dollar 151.5551.99
Japanese Yen 107.577.67
Ringgit 122.1722.35
Baht 12.22.22
Dirham 119.2519.41